फेसबूकको सामाजिक सन्जालले सुचनाको क्षेत्रमा त क्रान्ति नै ल्याउने भयो जस्तो छ,हुन त सुचना प्रविधिले विगतको दशकमा संचारमा ल्याएको सहजता आँफैमा ठुलो उपलव्धी थियो। तर यसरी संसार भरी छरिएका मानव समुदायलाई एक अर्कासित सम्वाद गर्न नजिकमै रही रहन र एउटै परिवारमा परीणत गर्न यस्ले ठुलो काम गरेको छ..
आजको जस्तो विज्ञान र प्रविधी को युगमा संसारका कमै मान्छे कम्प्युटरसित अपिरिचित होलान। हो पक्कै पनि पुरा विश्वनै कम्प्युटरको युगमा छैन तर त्यो बाँकी तप्कालाई पनि प्रविधिको यस्तो मार्गमा डोर्याउन हामीलाई सचेत गर्न यस्ले ठुलो सघाउ पुर्याउन सक्छ जस्तो मलाई लगेको छ। माने पनि नमाने पनि संसारको साघुरिने क्रम जारी छ र यस्को रफ्तार केवल बढदै जाने छ। अब अफ्रिकाको समस्या केवल अफ्रिकाको मात्रै होइन एसियाको पनि हो यूरोप को पनि हो यस् मानेमा हामी सबै को हो....हाम्रो समस्या त्यसगरी अफ्रिकाको हो अमेरिकाको पनि हो। एक अर्काको हात नसमाइकन हात बान्धेर अब कसैको भलो हुँदैन हामीले यस् कुराको सधैं मनन गर्नु पर्छ सधैं....वसुधैव कुटुम्बकम...अस्तु....
Tuesday, August 4, 2009
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment